पोखरामा मंगलबार दिउँसै अध्याँरो, ३ बजेदेखि बत्ति बालेर यात्रा

पोखरामा मंगलबार दिउँसै अध्यारो भएपछि सडकमा चल्ने सवारी साधन बत्ति बालेर यात्रा गरेका छन् । दिनको ३ बजेपछि पुरै सडक अन्धकार देखिएपछि सवारी साधनले बत्ति बाल्नुपर्ने अवस्था आएको हो । पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण दिउँसो ३ बजेपछि पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् । पानी परेपछि सडक अन्धार हुदाँ दुई पाङ्ग्रे सवारी साधनका साथै पैदलयात्रु विच बाटोमा नै रोकिनुपरेको स्थानीयले जानकारी दिएका छन । यस्तै दिउसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२. ३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार