चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार रिट खारेज गरिदिएको हो । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार