महानगर भागबण्डामा जुट्यो सहमति : कुन दलले कुन महानगर पाए ?

सत्तारुढ गठबन्धनका दलहरुबीच महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले धेरै विवाद मानिएको पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार उठाउने सहमति भएसँगै भागबण्डामा सहमति जुटेको एक शिर्ष नेताले जानकारी दिए ।

अन्य महानगरपालिकाको नेतृत्व कसले पाउने विषयमा सोमबार नै लगभग सहमति भएको थियो । तर, पोखरा महानगरको हकमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको थियो।

सोमबारको सहमति अनुसार नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र कांग्रेसले काठमाडौं, ललिपुर र विराटनगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउनेछन् ।

यसअघिको चुनावमा काठमाडौं र पोखरामा एमाले, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र र वीरगंजमा जसपाले जितेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार