ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी

ललितपुरको पुल्चोकमा रहेको साझा पेट्रोल पम्पभित्र ट्याङ्करमा आगलागी भएको छ । आगो लाग्नेबित्तिकै ललितपुरको दमकल पुगेर आगो निभाएको छ । आगो तत्कालै निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ ।

इन्धन अनलोड गर्ने क्रममा ट्याङ्करमा आगो लागेको थियो । आगलागीका कारण पम्पमा तेल हाल्न पुगेका एक जना ग्राहक सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार