ओली आत्तिएर थुरथुर भएका छन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका छन् ।मंगलबार काठमाडौंमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता पौडेलले ओली आत्तिए थरथरी कापेको बताएका हुन् । उनले आत्तिएर ओलीको अभिव्यक्ति पनि सन्तुलित हुन छोडेको समेत बताए ।

‘गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरथुर भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ’ उनले भने ।

सत्ता गठबन्धन एकजुट भएको देखेर ओलीले प्रतिगमनकारी शक्तिसँग हात मिलाउन लागे उनको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार