केपी ओली नाचेको एमालेको नयाँ चुनावी गीत सार्वजनिक (भिडियोसहित)

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको छ । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नाचेका छन्।

रामप्रसाद अवस्थीको शब्द र संगीतमा तयार गीत उनी र पूर्णकला बिसीले गाएका हुन्।

अवस्थी एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुन् । ‘सूर्यमै भोट हालौं’ बोलको गीतका एरेन्जर विनोद बाजुरेली हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले मतदाता तान्न धमाधम भिडियोसहितका गीत पनि निकाल्न थालेका छन् ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार