क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ युवा पक्राउ

काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यका अपराघ अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गरेको हो । उनीहरुले हालसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रूपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ ।

प्रकाउ पर्नेमा हाल काठमाडौं बस्ने अनुप मिश्र, दिपेश थापा र राहुल चचान रहेका छन् । उनीहरूलाई प्रहरीले वैशाख ४ र ५ गते काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरणसहित पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यकामा केही व्यक्तिहरु राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश विपरित क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुको निगरानी राख्न यस महाशाखाबाट विषेश टोली परिचालन प्रकाउ गरिएको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार