वडाध्यक्ष साह एमालेमा प्रवेश, मेयर उठाउने ओलीको प्रतिवद्धता

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एमालेमा प्रवेश गराएका साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।

साह जनकपुरधामको मेयर उठ्ने तयारीमा छन् । जानकीराम लोसपाबाट मेयरको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेका हुन् ।

यसअघि जनकपुरधाम उपमहानगरमा एमालेले मेयरका लागि शिवशंकर साहको नाम सिफारिस गरेको थियो । तर उनलाई पछि हटाएर जानकीरामलाई मेयरको टिकट दिने तयारीमा एमाले रहेको स्रोतको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार