माओवादी केन्द्रको बैठक खुमलटारमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक अहिले खुमलटारमा जारी छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो। बैठकमा चुनावी तालमेलबारे छलफल भइरहेको छ ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो।सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार