आज बिहान ११ बजेका लागि बोलाइएको सत्तागठबन्धनको बैठक सरेको छ। अब बैठक दिउँसो २ बजे बस्ने छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र सत्तारूढ अन्य पार्टीको पनि बैठक रहेकोले बैठक सरेको नेताहरुले बताएका छन् ।
सोमबार पनि सत्तागठबन्धन बैठक बालुवाटारमा बसेको थियो। महानगर र उपमहानगरमा भागबन्डा गर्नेबारे आज सहमति गर्ने तयारीमा सत्तारूढ दलहरू छन्।
छ महानगरमध्ये पोखरा कसले लिने भन्नेमा विवाद छ। कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा दाबी गरेका छन्।