घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर तोकिएको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार