नयाँ मिस नेपालका लागि आवेदन खुल्ला

काठमाडौं । नयाँ मिस नेपाल अर्थात ‘मिस नेपाल–२०२२’को खोजी सुरु भएको छ । आयोजक द हिड्न ट्रेजरले एक विज्ञप्ती जारी गर्दै ‘मिस नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो । सहभागिताका लागि इच्छुकले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । मिस नेपालमा छनोट हुनका लागि ५ फिट ३ इन्च उचाई र १८ वर्षदेखि २७ वर्ष उमेर हद राखिएको छ ।

मिस नेपाल प्रतियोगिताबाट सुप्रान्यासनल टाइटल हटाइएको छ । अगामी ४ असारमा प्रतियोगिताको फाइनल आयोजना हुनेछ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको आयोजकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार