एकीकृत समाजवादी र गौरवशाली पार्टीबीच एकता हुँदै

स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएकाे छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसाे १ बजे राष्ट्रियसभामा एकता हुन लागेकाे हाे ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार