बार्सिलोना घरेलु मैदानमै पराजित

 लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ ।

भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेकाे  हाे । बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाकाे  दोस्रो स्थानमा अंक दूरी बढाउने अवसर गुमायो । समान ६० अंक भएपनि सेभियालाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा छ । सेभियाले एक खेल बढी खेलेको छ ।

काडिज भने ३१ अंकसहित १६ औं स्थानमा छ । शीर्ष स्थानमा भने रियल मड्रिड छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार