विवादास्पद फैसला गरेका अछामका न्यायाधीश जोशी सर्वोच्च तानिए

विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछामका जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका हुन् ।

जोशीको इजलासले गत चैत १४ गते अछामको रामरोशन भन्ने ठाउँका नन्दराम खनाललाई बलात्कारको झूटा मुद्दा लगाएको भन्दै ती किशोरीलाई साढे तीन वर्ष कैद सजाय गरेको थियो । मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा उनले सजायको फैसला सुनाएका हुन् । उक्त कानून कार्यान्वयनमा छैन ।

यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार