सरकारले चुनाव सार्न खोजे कडा प्रतिवाद गर्ने एमालेकाे निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धनले षड्यन्त्र गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने भएको छ ।

सोमबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा चुनाव सार्ने षड्यन्त्रको बारेमा छलफल भएको र त्यसको विरोधमा पार्टी रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

‘अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ‚ त्यसको हामी कडा प्रतिवाद गर्छौं । कडा विरोध गर्दछौं । चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,’ गुरुङले भने, ‘सबै कमिटीहरुलाई कुनै प्रकारको अलमल नगरी चुनावको तयारी गर्ने निर्देशन पनि दिएका छौं ।’

सरकारको षड्न्त्रविरुद्ध सचेत रहँदै चुनावको तयारीमा जुन एमालेले पार्टीका सबै पंक्तिलाई निर्देशन समेत दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार