काँक्रेविहारमा राखिएको हिमाली गिद्धलाई नवलपरासी पठाइयो

काँक्रेविहार संरक्षित वन क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेका हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ । गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टमा पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा फेला परेका गिद्धलाई वन कार्यालयले उद्धार गरी चैत ४ गते काँक्रेविहार क्षेत्रमा छाडेको थियो । काँक्रेविहारको मूल गेटमा राखिएको गिद्धको उपचार तथा स्याहार–सुसार स्थानीय युवाहरुले गर्दै आएका थिए । डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी सूर्यप्रसाद शर्माले गिद्धको हेरचाह गर्दै आएका वीरेन्द्रनगर–९ का स्थानीय नवराज बोहराको जिम्मा लगाएर कावासोती पठाइएको बताए। गिद्धलाई सुरुमा वन कार्यालयले आफ्नो संरक्षणमा राखेको थियो तर आहारको कमी हुन थालेपछि काँक्रेविहारको जङ्गलमा छाडिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार