पोखराको मेयरका लागि माओवादीले गर्यो उम्मेद्वारका नाम सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गरेको छ । महानगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा कमिटी अध्यक्षसमेत रहेका बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको हो ।

सिफारिस दिएकामध्ये लामिछाने अघिल्लो स्थानीय तहमा पनि पोखरा प्रमुखका लागि उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा नेपाली कांग्रेससँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए ।

पोखरामा कांग्रेसले तोड्यो गठबन्धन

 

पोखराको मेयरमा समाजवादीको दाबी : वडा सदस्य पनि नदिने पक्षमा काँग्रेस

 

कांग्रेसबाट पोखराको मेयर-उपमेयरमा कानुनमन्त्री र उनकी बुहारीको दाबी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार