नेकपा एकीकृत समाजवादी र गौरवशाली पार्टीबीच एकता हुँदै

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच एकता हुने भएको छ । बृहत पार्टी एकता कार्यक्रम मंगलबारका लागि राखिएको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यहरुको सहभागिता रहने जनाइएको छ । एकता कार्यक्रम राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार मध्याह्न १२ बजे हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार