गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान पुन: बस्ने

पोखरा, इटहरी र कलैयाबाट पछि हटेन कांग्रेस

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाउनका लागि बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । नेताहरु बिहानैदेखि छलफलमा जुटेपनि सहमति भने गर्न सकेनन् ।

सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आ–आफ्नै दाबी रहेको कारण सहमति नभएको हो ।कांग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा दावी यथावत राखेको छ । एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ ।

बैठक मंगबार बिहान फेरि बस्नेगरि स्थगित भएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य रमेश मल्लले जानकारी दिए ।

यसअघि आइतबार बेलुकी ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँटको खाका बनेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पोखरा महानगरपालिका र केही उपमहानगरपालिकाको प्रमुख कसले लिने भन्नेमा कुरा मिल्न नसकेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार