नियन्त्रित औषधिसहित फार्मेसी संचालक पक्राउ

नियन्त्रित औषधिसहित एक जना फार्मेसी संचालक काठमाडौंबाट पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले आइतबार ‘डा. हेल्थ केयर फार्मेसी’ नरेफाँटका संचालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगर–१६ का २६ वर्षीय कविर लामा भनिने उदय थिङ रहेका छन् ।

उनको साथबाट प्रहरीले नियन्त्रित औषधि ट्रामाडोल ४२ हजार ५ सय थान र ट्रामाडेक्स १० हजार थान बरामद गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार