फैसला विवादित भएपछि अछामका जिल्ला न्यायाधीश जोशीमाथि छानबिन हुँदै

जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काज सरुवा भएका छन् । न्यायाधीश जोशीले गरेको फैसला विवादित बनेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई प्रारम्भिक छानबिनका लागि काठमाडौं झिकाएका हुन् । प्रारम्भिक छानबिनमा उनमा कार्यक्षमताको अभाव हुन सक्ने देखिएको न्याय परिषद् स्रोतको भनाइ छ ।

जिल्ला न्यायाधीश जोशीले बलात्कारको मुद्दामा पीडित भनिएको महिलालाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए । तर, अभियुक्तलाई सफाइ दिने विवादास्पद फैसला गरेका जोशीमाथि न्याय परिषद्ले पनि छानबिन गरिरहेको छ ।

न्यायाधीश जोशीको उक्त फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत दिपायलमा पुनरावेदनको तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार