गठबन्धनको बैठक बसिरहेका बेला अमेरिकी राजदूत बेरी बालुवाटारमा

सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी बालुवाटार पुगेका छन्।सोमबार बिहान १० बजेदेखि सुरु भएको गठबन्धनको बैठक दिउँसो केहीबेर स्थगित भएर पुन बसिरहेको छ। बैठक जारी रहँदा राजदूत बेरी बालुवाटार पुगेका हुन्।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि उनी बालुवाटार प्रवेश गरेको बताइएको छ।

बिहानको बैठकमा सवै दलहरुले आ-आफ्नो दाबी पेस गरेका थिए। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले महानगरमा एकरएक सिट पाउनुपर्ने दाबी पेस गरेका थिए। सत्तारुढ दलहरुले आजै महानगर र उपमहानगरको बाँडफाँट टुङ्गाउने तयारी गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार