भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलको भाउ घटेर आयो

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । आज पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य ४ रुपैयाँ ७९ पैसाले घटेर आएको निगमले जनाएको छ ।

डिजेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँ २ पैसाले बढेर आएको छ । यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ०.३८ बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर २२ रुपैयाँ ५८ पैसा र डिजेलमा २८ रुपैयाँ घाटा छ। मट्टितेलमा ६ रुपैयाँ ६९ पैसा नाफा र हवाई इन्धनमा आन्तरिकतर्फ १७ रुपैयाँ १५ पैसा तथा बाह्यतर्फ ६७ रुपैयाँ ६५ पैसा नाफा छ।

यता, एलपी ग्यासमा ९३२ रुपैयाँ ३८ पैसा घाटा रहेको निगमले जनाएको छ। आईओसीले नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार