आचारसंहिता उल्लंघन गर्नेबारे अब निर्णय गर्छौ : निर्वाचन आयोग

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोप लागेका राजनीतिक दल र व्यक्तिहरुको बारेमा अब निर्णय हुने दाबी गरेको छ।

नियमित पत्रकार सम्मेलनमा सोमबार आयोगका प्रवक्ता शालिकराम शर्माले आयोगले स्पष्टीकरण नभइ आचारसंहिता उल्लंघन गरेको कुरामा चित्तबुझ्दो जवाफ पेस गर्न भनेको बताए।

आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एकीकृत समाजवादी र माओवादी केन्द्र समेतलाई आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोधेको थियो।

यसरी आयोगले आचारसंहिता उल्लंघनबारे चित्तबुझ्दो जवाफ पेस गर्नु भनि काटेको पत्रमा जवाफ आएकाले अब केही दिनमा निर्णय हुने उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार