स्थानीय तह निर्वाचन : ४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको जनाएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भइसकेको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको जानकारी दिए । उनले ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताए ।

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको हो । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमा छापिएको आयोगले जनाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार