माओवादीबाट राजीनामा दिएका गौतम भन्छन् – स्थानीय निर्वाचनसम्म स्वतन्त्र भएर बस्छु

माओवादी केन्द्रबाट राजीनामा दिएका जीवन गौतमले स्थानीय निर्वाचनसम्म स्वतन्त्र भएर बस्ने बताएका छन् ।  माओवादी कम्युनिस्ट पार्टी नै नभएको बताउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका गौतमले यो एक महिना रेस्ट गर्ने बताएका हुन् ।

‘माओवादीमा भ्रष्ट, बदनाम र व्यक्तिवाद गुटवाद धन कमाउने लालसा बाहेक केही छैन । पद प्रतिष्ठाबाहेक केही चाहिएको छैन । पार्टीमा गुटबन्दी र षड्यन्त्र छ’  गौतमले भने, ‘यस्तो पार्टीमा म किन बस्ने रु अहिले स्वतन्त्र भएर बस्छु । राजनीतिबाट अलग हुन्न । चुनावसम्म कुनै पार्टीमा जान्न । चुनाव पछाडि के गर्ने सल्लाह गर्दै छु ।  यो एक महिना रेस्ट गर्छु । अब पार्टीको तनावबाट मुक्त भइयो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार