एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ ।पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा आफ्नो संगठन रहेको परिवार दलको दाबी छ ।

परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौं’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ हामीले एमालेलाई सहयोग गर्छौं ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यसपटक भने वडा तहको बाँडफाँट जिल्ला तहमै टुंगिने पौडेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार