प्रधानमन्त्री देउवालाई ओलीको चेतावनी- ‘चुनाव सार्ने चेष्टा नगर्नुहोस्’

सोलखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने चेष्टा नगर्न प्रधानमन्त्री देउवालाई चेतावनी दिएका छन् । उनले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप समेत लगाए । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले यस्ताे बताएका हुन् ।

उनले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले थपे ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’

उनले ५ दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार