पोखरामा कांग्रेसले तोड्यो गठबन्धन

सत्तारूढ पाँच राजनीतिक दलमा पोखरा महानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति नजिक पुगेपछि कास्की कांग्रेसले गठबन्धन तोडिएको घोषणा गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कांग्रेसले सोमवार एक विज्ञप्ति जारी गरेर नेकपा (एकीकृत समाजवादी)को अस्वभाविक दाबीका कारण चुनावी तालमेलको निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिका सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले हस्ताक्षर गरेर सोमवार विज्ञप्ति प्रकाशन गरी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग गठबन्धन तोडिएको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानीय निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनका दलहरूसँग पटक–पटक लामो छलफल र बहसका साथै तालमेल गरेर जाने सन्दर्भमा भरपूर प्रयत्न गरियो । जिल्ला संयन्त्रबाट तालमेल गर्ने सम्बन्धमा कास्कीमा व्यापक छलफल हुँदा पनि एकीकृत समाजवादीको अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन सकेन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार