सेयर बजार राताम्मे , कारोबारमा पनि देखिएन सुधार

काठमाडौं । सोमबार पनि सेयर बजार मापक परिसूचक नेप्से घटेको छ । नेप्से परिसूचक ४१.७७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २३४३ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो । आइतबार १ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

सबै उपसमूह घटेका छन् । बैंकिङ १६, ब्यापार ११, होटल तथा पर्यटन ४९, विकास बैंक ६९, जलविद्युत् ८०, फाइनान्स ६२, निर्जीवन बीमा ३४२, उत्पादन ९३, अन्य ५२, माइक्रोफाइनान्स ३६ र जीवन बीमा उपसमूह २६३ अंकले घटे । कुल ११ कम्पनीको मूल्य बढ्यो भने १८२ को घट्यो, २ को स्थिर रहृयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार