तीन महानगर कांग्रेसलाई- बाँकी तीन माओवादी, समाजवादी र जसपाकाे भागमा

सत्तारूढ गठबन्धनले महानगरको भागबण्डामा माओवादी, एकीकृत समाजवादी र जसपालाई एक एक महानगर पर्ने गरि तयारी गरेकाे छ  ।प्रचण्डका अनुसार छ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एक एक दिने तयारी भएकाे हाे ।

महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको बताउँदै प्रचण्डले भने ‘आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ ।’

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ ।

माओवादीले भरतपुर महानगर दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार