नक्कली सुन देखाई ठगी गर्ने गिरोह पक्राउ

गोरखामा विभिन्न समयमा नक्कली सुन देखाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा संखुवासभा चिचिला गाउँपालिका– १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका– ९ की ४४ वर्षीया जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका– १ का ४१ वर्षीय गान्दिपकुमार बस्नेत रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गोरखा नगरपालिका– ६, घ्याम्पेसाल बसपार्कबाट शंकास्पद अवस्थामा शुक्रबार उनीहरूलाई पक्राउ गरिएको हो। सादा पोसाकमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार