भरतपूरको मेयरमा रेणु नै हुनुपर्छ भन्ने छैन : प्रचण्ड (भिडियाे)

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगर पालिकामा माओवादी नै हुनुपर्छ भनेर आफूले नभनेको बताएका छन् । उनले महानगरको मेयरमा रेणु दाहाल नै हुनुपर्दछ भन्ने अडान नभएको बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मुलुक चुनावमा होमिएको भन्दै चुनाव सर्ने कुनै सम्भावना नरहेको बताए। आज बेलुकासम्म गठबन्धनमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंगो लाग्ने समेत जानकारी दिए ।

‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौ । महानगर टुंगिनेको नजिक पुगेको छ । अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिम तालमेल निष्कर्षमा पुग्छौं’ उनले भने ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार