निर्वाचन कुनै पनि हालतमा सर्दैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन नसर्ने प्रष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मुलुक चुनावमा होमिएको भन्दै चुनाव सर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

आज बेलुकासम्म गठबन्धनमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंगो लाग्ने समेत जानकारी दिए ।

‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौ । महानगर टुंगिनेको नजिक पुगेको छ । अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिम तालमेल निष्कर्षमा पुग्छौं’ उनले भने ।

बेलुकासम्म तालमेलबारे गठबन्धनभित्र सहमति हुन्छ : अध्यक्ष दाहाल

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार