सरकारी सुविधाको इन्धनमा कटौती

विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्नेछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार