गठबन्धन बैठक : जुटेन सहमति, दलहरुको अडान कायमै

बैठक आज साँझ फेरि बस्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो ।गठबन्धनमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको छ । नेताहरुका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार