सत्तागठबन्धन बैठक : साझा चिह्नबाट चुनाव लड्ने तयारी

सहमतिको ड्राफ्टलाई अन्तिम रूप दिने कसरत जारी

काठमाडौं । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रुप दिन कसरत गरिहेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको हो ।

हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो ।गठबन्धनमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको छ । नेताहरुका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार