५९ हजार भारतीय रूपैयाँसहित एकजना पक्राउ

मोरङ । प्रहरीले श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् ।

उनलाई विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार