कास्कीमा गठबन्धन बैठक : नतिजा शून्य, दलहरुको अडान कायमै

पाेखरामा जसपाकाे पनि दाबी

पोखरा । कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश उपाध्यक्ष आमोद थापाले आजको बैठकमा कुनै सहमति नभएकाले दिउँसो एक बजे फेरि बैठक बस्ने बताए ।सम्मानजनक प्रस्ताव नआए एकल रुपमा चुनाव लड्ने जसपाले जनाएको छ ।

जसपाले पोखरा महानगरपालिकामा उपमेयरमा दाबी गरेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदमा दाबी गर्दै नवराज पौडेललाई उम्मेदवार तोकिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार