आईफोन १५ मा टेलिफोटो क्यामेरा

अमेरिकी टेक जायन्ट एप्पल कम्पनीले बजारमा ल्याउन लागेको नयाँ आईफोन १५ मा टेलिफोटो क्यामेरा प्रयोगमा ल्याउने भएको छ ।एप्पलले आईफोन १५ लाइनअपका स्मार्टफोनको उत्पादन सन् २०२३ को दोस्रो चौमासिकबाट सुरु गर्ने जनाएको छ ।

यस्तोमा झावासँग भएको सम्झौताले एप्पलका आगामी उत्पादनमा परिष्कृत जुम लेन्स उपलब्ध हुनेछन् । अर्कोतर्फ झावाले नै विश्व स्मार्टफोन बजारको ठुलो कम्पनी सामसङलाई पनि ओआईएस मोडुलर उपलब्ध गराउँदै आएको छ ।

झावाले गरेको लगानी र एप्पलले आफ्ना अन्य प्रोडक्सन हाउसलाई दिएको निर्देशका आधारमा हेर्ने हो भने एप्पल र ओआईएस मोडुलर निर्माता कम्पनीबीच सहकार्य भएको छ । क्यामेरा हार्डवेयरका लागि भएको यो सम्झौताले एप्पलले आईफोन १५ बाट टेलिफोटो क्यामेरा प्रयोगमा ल्याउन सक्ने आँकलन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार