अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनाबी मुद्दा बनाइयो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेको अरोप लगाएका छन् । उनले अर्थव्यवस्थालाई चुनावी मुद्धा समेत बनाइरहेको बताए । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन् ।

परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताएका थिए । ‘नेपाल र श्रीलंकाको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु,’ अर्थमन्त्री शर्माले भने ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन । ‘

यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको मन्त्री शर्माले दाबी गरेका थिए । उनले आगामी आब ०७९-८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि परिसंघका पदाधिकराीलाई गराएका थिए ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन सुझाव दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार