दैलेखमा पनि भागवण्डा मिलाउन सत्तागठबन्धनलाई सकस

एक्लै लड्ने कांग्रेसको चेतावनी

सुर्खेत । दैलेखमा स्थानीय तहको चुनावमा भागवण्डा मिलाउन बसेको सत्तारुढ दलहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दल आ(आफनो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।

माओवादी केन्द्रका जिल्ला संयोजक प्रेम कटुवालका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले सोमबार दिउँसो फेरि बैठक बस्ने सहमति भएको छ । दैलेखमा माओवादी र एकीकृत समाजवादीले ५० प्रतिसत पाउनु पर्ने अडान लिएका छन् । तर काँग्रेस दिन तयार छैन् ।

स्थानीय निर्वाचन २०७४ मा दैलेखका ११ स्थानीय तहमध्ये ४ पालिकामा नेपाली कांग्रेसले जितेको थियो भने ७ पालिकामा नेकपा एमालेले जितेको थियो । ‘जिल्लामा माओवादी निर्णायक भएकाले सम्मान जनक भागबन्डा हुनुपर्छ, हामीले ३० प्रतिशत मागेका छौं, तर सहमति जुट्न सकेको छैन्,’ संयोजक कटुवालले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार