सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक सुरु भएको हो ।

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन हुन नसक्ने वा सर्ने आशंका–अड्कलबाजी चलिरहेका बेला गठबन्धनमा तोलमेललाई लिएर विवाद उत्कर्षमा छ ।

महानगर र उपमहानगरसहितका महत्त्वपूर्ण स्थानमा उम्मेदवारको भागबण्डामा सत्ता गठबन्धनभित्र समस्या छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार