वैशाख ७ गतेदेखि जनमत पार्टीले टिकट वितरण गर्ने

स्थानीय तहको निर्वाचनका तयारीमा व्यस्त रहेको जनमत पार्टीले उम्मेद्वारका टुंगो लगाउन सुरु गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।

सोमबार मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने र बैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने जनमत पार्टीले जनाएको छ । वडाध्यक्षहरुका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालयका साथै प्रदेश नम्बर १ को विराटनगर र लुम्बिनी प्रदेशको भैरहवाबाट पनि वितरण हुने जनाएको हो ।

जनमत पार्टीबाट उम्मेदवार हुनका लागि उम्मेदवारहरूले मनोनयन–पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । त्यस्तै निर्वाचनमा हुने खर्च आफै गर्नुपर्ने जनमत पार्टीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार