७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

पाल्पामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको रिब्दीकोट गाँउपालिका–४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनार रहेका छन् ।

उनले गत शनिबार राति तानसेन नगरपालिकामा बस्दै आएकी वृद्ध महिलालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

सुनारले ति वृद्ध महिलालाई मध्यराति भैरवस्थान मन्दिर नजिकै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। सुनारलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार