सुनको मूल्य फेरि बढ्यो

नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ ।सोमवार सुनको मूल्य प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतवार सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम गरिएको थियो ।

यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार ४२० रुपैयाँ कायम गरिएको छ ।आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार