नेपालले अर्को महिना अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

एएफसी एसियन कप छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । एन्फाले मैत्रीपूर्णका लागि अफगानिस्तानसँग प्रस्ताव गरेको थियो ।उक्त प्रस्ताव अफगानिस्तानले स्वीकार गरेको एन्फाले जनाएको छ ।

छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल समूह ुएु मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार