स्थानीय तहको निर्वाचनबारे प्रचण्डले पत्रकार सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् । स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा धारणा सार्वजनिक गर्न अध्यक्ष प्रचण्डले दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।

माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार