पल-गायिका प्रकरण : गायिकाका बुबाले पनि बयान फेरे

अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् ।

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

यस्तै आफ्नी नाबालिग छोरीमाथि अभिनेता पल शाह ९पूर्णविक्रम शाह०ले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएका ‘पीडित’ बुवाले बयान फेरेका छन् ।

बलात्कार घटनाको बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा उनले दबाब र प्रभावमा परेर जाहेरी दिएको बताएका छन् ।

यसअघि पीडित भनिएकी नाबालिग गायिकाले पनि यस्तै बयान दिएकी थिइन् । अरूको उक्साहटमा आफूले अभिनेता शाहविरुद्ध बयान दिएको ती गायिकाले बताएकी थिइन् ।

पल-गायिका प्रकरण : पीडितले फेरिन् बयान

 

पल शाह प्रकरण :पीडितले बयान फेरेपछि पूजाले भनिन्, ‘धन्यवाद भगवान्’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार